Saturday, December 1, 2012

मुन्द्रेको जवाफ

मुन्द्रे डन, तिम्री छोरी छ ?


तपाईं जहिले पनि जिरे खुर्सानीमा हास्य रोल मात्र गर्नुहुन्छ। कहिलेकाहीं गम्भीर खालको अभिनय पनि गर्नुहोस्।

अमित, धनगढी

मैले गम्भीर खालको अभिनय गरे पनि तपाई गम्भीर भएर हेर्दिनुस् न, यो हास्य अभिनय पनि गम्भीरै हो, गम्भीर नभै हँसाउन सकिँदैन।

मुन्द्रे डन, तिम्री छोरी छ ? मलाई दिने हो ?

३०९३

ब्रो, तपाईं कुन डन पर्नुभो थाहा भएन। अहिले छोरीको कुरा नगरौं। अरूका छोरी ताक्नुभन्दा आफ्नो काममा व्यस्त भएर सफल हुनुस्। अनि कसैका छोरी मागिराख्नु पर्दैन। उल्टै आउँछन्।

मलाई कलाकार बन्ने धेरै इच्छा छ, तर म अहिले अध्ययन गर्दैछु। के गर्ने होला ?

बिपना रेग्मी, गोर्खा

पहिले अध्ययन सिध्याउनुस्। कलाकार बन्नतिर नलाग्नुस्। धेरैजसो कलाकार कलाकार बनेपछि पढ्छन्, तपाईंचाहि पढिसकेर कलाकार बन्नुस्।

जितुजी, तपाईं पुड्के-पुड्के हुनुहुन्छ हो ?

गोरी, झापा

इन्ची टेप लिएर मलाई भेट्नुस्, मेरो शरीर नापौं अनि कति उचाइ भएका मान्छे पुड्केभित्र पर्दो रहेछ प्रमाणित गरौं। मलाई त आफू पुड्केमा पर्छु कि पर्दिनँ भन्ने पनि थाहा छैन।

मुन्द्रे ब्रो, हजुर र भाउजूसँग कस्तो भेट्न मन छ। कहाँ भेट्ने होला ?

सुजाता, बालाजु

सर्वप्रथम भेट्ने इच्छा राख्नुभएकोमा धन्यवाद, तर अलि सम्भव छैन, किनकि श्रीमती जागिरे छिन्, उनको शनिबार नभै छुट्टी हुँदैन। मेरो शनिबार सधैं जिरेखुर्सानीको सुटिङ हुन्छ, तैपनि कुनै दिन कतै भेटिएला नि।

तपाईंलाई मन नपर्ने नेपाली नायक-नायिका को हो ?

नितेश रिमाल, सिमरा

यस्तो छैन। सबै नायक-नायिकाहरू मलाई मन पर्छन्। हामी एउटै विधामा भएका कलाकारहरूले त एकले अर्कालाई सम्मान गर्नुपर्छ नि ! राम्रो-नराम्रो छुट्याउने जिम्मा तपाईंहरू दर्शकको हो।

तपाईंले मुन्द्रा लगाएर मुन्द्रे भनेको हो कि त्यत्तिकै ?

२७२९

हो त, नलगाएको भए त कहाँ भन्थे होलान र ? तर अब त मुन्द्रेको छापै बसिसक्यो। एक-दुई वर्ष नलगाए पनि भन्छन् होला।

तपाईंकी श्रीमतीलाई पनि एकपटक जिरे खुर्सानीमा खेलाउनुपर्‍यो। कि हामीले हेर्नु हुँदैन र भाउजूलाई ? कि कसो ?

९४५०

खेलाउन नै नमिल्ने त हैन, तर उनी जागिरे परिन्। टाइम मिलाउन अलि गाह्रो छ। पछि त्यस्तै उनलाई मिल्ने रोल आएमा अवश्य खेलाउछु। तर हामी दुवै जनाले हाइटेक सर्फको विज्ञापनमा खेलेका छौं, हेर्नुहोला।

[vai:saptahik]

स - हमती


Tuesday, November 27, 2012

धुर्मुस र सुन्तलीको बेलायत यात्रा


 'आइएमई दसैं-तिहार शुभकामना' शीर्षकको यात्राको क्रममा दसैं अगाडि नै बेलायत पुगेका दम्पती हास्यकलाकार धुर्मुस सीताराम कट्टेल र  सुन्तली कुन्जना घिमिरे आफ्नो हास्यकला देखाएर मंगलबार नेपाल फर्केका छन्। यो यात्रामा उनीहरूका साथ गायिका जुना प्रसाईं पनि  थिइन्। झन्डै दुई महिने  यात्राको क्रममा यो टिमले बेलायतका १ दर्जन बढी स्थानमा आफ्नो प्रस्तुति दिएको थियो।  सीतारामका अनुसार  सबै कार्यक्रम सफल रूपमा सम्पन्न भएकाले बेलायत यात्रा सुखद बनेको बताए। विभिन्न स्थानमा आयोजित कार्यक्रममा सीतारामले केपी  ओलीको गेटअपमा क्यारिकेचर गर्नुका साथै खड्काजीको एकल प्रस्तुति दिएका थिए भने कुन्जनाका साथमा प्रहसन 'सच्चा नागरिक' प्रस्तुत  गरेका थिए। आइते र झुम्रीको प्रस्तुतिमा पनि उनीहरूले बेजोड अभिनय कला देखाएका थिए। मेरी बास्सैमा फतौरी बुढीका रूपमा अभिनय  गरिरहेकी कुन्जनाले त्यही गेटअपमा अभिनय गरेर हँसाएकी थिइन्।

यो जोडीले 'उध्रेको चोली गीत'मा हास्य व्यंगात्मक नृत्य पनि प्रस्तुत गरेको थियो भने तिहारै आयो लौ झिलिमिलीमा सुन्तलीले एकल नृत्य  पस्केकी थिइन्। जोडीसहितको टिमले देउसी-भैलो पनि खेलेको थियो। गायिका जुना प्रसाईंले पनि बेलायत यात्राका क्रममा आफ्ना लोकप्रिय  नम्बर गाएर सांगीतिक मनोरन्जन दिएकी थिइन्। भेराइटी गाइज, आसफोर्ड, केन्टले आयोजना गरेको उक्त यात्रा बेलायतमा जन्मेका नेपाली  सन्तानलाई नेपाली संस्कृतिसँग नजिक्याउन केन्द्रित थियो।

Facebook फन्डा

फेसबुकको नेपाली गजल एकाउन्टमा राखिएका झापडसँग सम्बन्धित गजलहरूः


फेसबुकको नेपाली गजल एकाउन्टमा राखिएका झापडसँग सम्बन्धित गजलहरूः

बेताल भएछ

राजनीतिमा कमाल भएछ।

चियापानमा बबाल भएछ।

एक झापड दिएको बेलामा

अनेक थरी सवाल भएछ

शुभकामना बाँडेर हिँडेका

एक नेताको बेहाल भएछ

कस्तो अनौठो साइत परेको

हिँड्ने चालमा बेताल भएछ

रत्नशमशेर थापा 'निर्दोषी'

झापड

राज्यको ढुकुटी फोडेर,

भए सबै टोली बचाऊँ

जो जीवनयापन,

मागी खाने झोली बचाऊँ

कालगतिमा नाइँ,

गोलीको सिकारमा मर्नु छ

हामीमा तेस्र्याउने,

उहाँहरूको गोली बचाऊँ

जो जस्तै भए पनि,

अस्मिता लुटाउन सकिन्न

आज गिद्धे नजरबाट,

हाम्रा चोली बचाऊँ

हाम्रा बादशाहरूको,

परम्परा यही नै हो

झूटको खेती गर्दै हिँड्ने,

तीतो बोली बचाऊँ

जतिले जति झापड दिए पनि, अन्ततः धेरै ज्वाइँ पाल्छौ,

ज्वाइँ राख्ने डोली बचाऊँ

मानन्धर अभागी

गालाको चड्कन

अब तिम्रो बोलीमा

भर पर्दैनन् जनता  !!

सक्छौ भने ठोक गोली

डर्दैनन् जनता  !!

नपत्याए हेर आफ्नै गालाको चड्कन

कर्मको फल दिन

पछि सर्दैनन् जनता  !!

गर्नु गर्‍यौ अत्याचार अति भो तड्पन

जति सहे अब सहन गर्दैनन् जनता  !!

टुक्रा-टुक्रा पार्‍यौ देश

संस्कृति भो शेष

तिम्रो शिरमा चढे

तल झर्दैनन् जनता  !!

बेला छँदै सोच नत्र अस्मिता मेटाई

गला रेट्दैछन्

राष्ट्रियता हेर्दैनन् जनता  !!

इतिहास छ साक्षी प्राण नभए यो देश

आफ्नो जीउ ज्यानै अर्पि

मर्दैनन् जनता  !!

अश्मि जीएम

प्रचण्डका गाला

गोराबाट सुरु भयो,

डराउँदै छन् काला पनि

हिजै मात्र बजि्रयो,

प्रचण्डका गाला पनि  !!

रामचन्द्र, झक्कु

अनि झलनाथ र प्रचण्ड

हुँदै-हुँदै फेरि यहाँ,

आउँछ तिम्रो पाला पनि  !!

केपी ओली, माधव र वैद्य

अनि सुशीलजी

भनिरा'छन् जनताले,

छैन ठीक चाला पनि

गच्छदार र उपेन्द्रको,

आजै सातो गयो कठै

ढोलक र तबलामा,

बज्ने भए छाला पनि  !!

झटारो र झापडले,

बरु अलि पुगेन कि ?

होस गर लगाउँछौ,

जुत्ताका ती माला पनि  !!

अर्जुन विवश गाउँले

उही गुरुका उही चेला

करेन्ट लगाई झड्काउने पनि उनकै चेला थिए

गोली-बारुद पड्काउने नि

उनकै चेला थिए

गुरुले जे सिकाए

चेलाले उही सिको गरे

उनकै गालामा चड्काउने नि

उनकै चेला थिए

टुंगिन लागेको

शान्तिवार्ता पनि अवरुद्ध भयो

शान्ति-प्रक्रिया भड्काउने पनि उनकै चेला थिए।

ज्योति खतिवडा अनिश्चित

हाँस्नेछन्

झलनाथले कुटाइ खाएः

कांग्रेस र माओवादी खुबै हाँसे !

सुशीलले कुटाई खाएः

एमाले र माओबादी खुबै हाँसे !

प्रचण्डले कुटाई खाएः

कांग्रेस र एमाले खुबै हाँसेका छन्।

नेताहरूको पारा यस्तै रहे....

अब सिंगो नेपाल र नेपालीलाई विदेशीले कुट्नेछन्,

त्यसबेला हामी सबै रुनेछौं, विदेशी मज्जाले हाँस्नेछन्।

सुपर जोक्स कमेडी

काँ राष्ट्रपतिको कदम हुनु यो ...

काँ राष्ट्रपतिको कदम हुनु यो ?!... अघि कुर्सी कतिको बलियो छ भनी जाँच्ने भनी आफै चढ्नु भा हैन ?
कान्तिपुर  ( मंसिर १२ , २०६९ )
साभार :-www.ekantipur.com

sarbasatta ko halat...

नागरिक ( मंसिर १२ , २०६९ )
साभार :-www.nagariknews.com

Saturday, August 11, 2012

नेताहरू के भन्छन् ? रेखाको मिनिस्कर्टबारे तीनजना नेताहरूसित मागिएको धारणा जस्ताको तस्तै


पुष्पकमल दाहाल
मने, नेपाली क्रान्तिको सन्दर्भमा यो बडो जटिल एवं अहं सवाल हो भन्ने मेरो बुझाइ छ । कमरेड रेखा थापाजीको मिनिस्कर्ट र नेपाली क्रान्तिको के सम्बन्ध छ र भन्ने प्रश्न त एउटा कित्ताबाट निश्चितरूपमा उठ्ने नै छ तर हाम्रो गौरवशाली पार्टीको ठम्याइ के छ भने नेपाली क्रान्ति र मिनिस्कर्ट एक–आपसमा घुलमिल भएर आएका छन् र यिनलाई छुट्याएर हेर्न मिल्दै मिल्दैन भन्ने नै हो । हामीले मिनिस्कर्टको रूप पक्षलाई मात्र हेरेर हुँदैन, सार पक्षमा पनि जानुपर्छ भन्ने हाम्लाई लाग्छ । रूप पक्षमा अलिकति तडकभडक देखिए पनि सारमा यसलाई नेपाली महिलामुक्तिको एउटा महान् केन्द्रबिन्दुका रूपमै लिनुपर्छ भन्नेमा दुई मत छँदै छैन । कामरेड थापाजीको जुन क्रान्तिकारी स्प्रिट छ, त्यो मिनिस्कर्टकै कारणले पनि हो भन्ने महान् नेपाली जनताले निश्चितरूपमा बुझेकै छन् ।
जस्तो मैले पनि विगतमा कमरेड रेखाजीसित कम्मर जुधाएर नाच्ने अवसर पाएकै हो र त्यसलाई मैले एउटा ‘ब्रेक थु्र’ का रूपमा लिएको छु । मने, त्यो घटनापछि म धेरै दिनसम्म मनमनै कुत्कुतिएको स्थिति पनि रहेको थियो । त्यतिबेला पनि उहाँले मिनिस्कर्ट नै लगाएर नाच्नुभएको भए अझै त्यसले महान् नेपाली क्रान्तिलाई स्पष्ट रूपमा उजागर गथ्र्यो भन्ने पनि मलाई लाग्छ ।
केपी ओली
काम पाइनस् बुहारी पाडाको कन्डो कन्या’ भन्या जस्तो प्रश्न भो यो त † को हुन् रेखा थापा ? सूर्यबहादुर थापाकी छोरी हुन् ? कि कमल थापाकी भाइबुहारी ? ए, साँच्ची अस्तिनै हुँदो सर्वहारावादी कामरेडसित ढिङ ठोक्काई–ठोकाई नाच्ने फ्याङ्ली हिरोनी हुन् क्यारे †
हुन त यस्ता खुद्रा–मसिना कुरामा बोलिहाल्ने बानी त होइन मेरो, तैपनि प्याच्च सोधिहाल्नुभो, उत्तर दिनैपर्‍यो । ती नानीलाई जब म हेर्छु आक्कलझुक्कल टेलिभिजनमा । बडो उदेक लाग्छ । रंग न ढंगसित झ्याम्टा हल्लाएर लैनो बाछोजसरी उपिँ्रmदैमा हिरोइन भइन्छ ? देखाउनुपर्ने कुरा देखाउन सक्नु छैन, छोप्नुपर्ने कुरा ह्वाङ्गै देखाको छ । हिरोनीले देखाउनुपर्ने कला हो, त्यो चैँ छैन, छोप्नुपर्ने साँप्राहरू देखाएर दुनियाँका छोरालाई बिगारेकी छन् । रेखा थापा हुन् कि देखा थापा हुन् ? अँ, त्यो केजाति मिनिस्कर्ट रे † मुस्किलले गुप्तांग छोप्ने ४ इन्चको टालोलाई मिनिस्कर्ट भन्न मिल्ने हो भने मैले सिगान पुछ्न खल्तीमा बोक्ने गरेको पकेट रुमाललाई पनि मिनिस्कर्ट घोषणा गरिदिन्छु, हुन्छ ?
उपेन्द्र यादव
मलाई पहाडे हिरोइनको कुरा के सोध्नुहुन्छ ? पहाडे हिरोइन पनि कोई हिरोइन छ ? पारिका हिरोइनको कुरा गर्नुस् न ? प्रियंका चोपडाको लट्का हेर्नुस्, दीपिका पादुकोणेको झट्का हेर्नुस् । वाह † मुख रसाइहाल्छ । मिनिस्कर्ट त उनीहरूलाई पो सुहाउँछ । पहाडे हिरोइनको पुठ्ठा मिनिस्कर्ट लगाउने खालको कहाँ छ ? रेखा थापाको बात के गर्नुहुन्छ, पारिको रेखालाई हेर्नुस्, ६० साल पुग्दा पनि आग लगाउने जिस्म छ । नेपाली हिरोइनमा त के दम छ ? हेर्नुस्, नेपाली फिल्म इन्डस्ट्रीमा तपूरा बाहुनवाद हाबी छ । सबै पहाडेहरूको हालिमुहाली छ । एकजना पनि मधेसी हिरोइन देख्नुभएको छ ? मधेसी जनतामाथि शासकले कति ठूलो विभेद गरेको छ हेर्नुस् त ? के मधेसका लड्कीलाई मिनिस्कर्ट लगाउन आउँदैन ? नेपाली फिल्म इन्डस्ट्रीमा पनि अब समावेशी प्रणाली लागू गर्नुपर्छ । मधेसीलाई ४० प्रतिशत आरक्षण छुट्याउनै पर्छ । अब बन्ने संविधानमा यस्तो आरक्षण व्यवस्था भएन भने हामी दोस्रो मधेस आन्दोलन गरिहाल्छौँ । मधेसमा पहाडेले बनाएका एउटा फिल्म पनि चल्न दिदैनौँ । एक मधेस एक प्रदेश हुनुपर्छ । नत्र मधेसमा आगो लाग्छ ।
साभार:-  सौर्य दैनिक

ला ढोका नै टाल्यो

 कान्तिपुर  ( साउन २७ , २०६९ )
साभार :-www.ekantipur.com

Thursday, August 2, 2012

गाईजात्रा विशेषः हाकु काले र गब्बर सिंहको जम्काभेट




दीपेन्द्र लामा- पाटनको भट्टीमा एक रात हाकु काले रक्सी र चुरोट तानिरहेको हुन्छ। एउटा दाह्रीजुंगा भएको मान्छे उसको नजिक आइपुग्छ। हाकुले तुरुन्तै चिन्छ। मखन गल्लीमा ‘शोले' हेरेको हाकुले गब्बर सिंह किन नचिन्थ्यो? हाकु : गुद इभिनिङ... गब्बरजी।
गब्बर : तपाई को हो?
हाकु : म हाकु कालेगब्बर : ए... मेरो ग्याङमा पनि थियो कालिया।
हाकुः म कालिया होइन। ...लुत'को हाकु काले।
गब्बर : अँ... हो त। मैले पोस्टरमा देखेको थिएँ तपाईको अनुहार।
हाकु : टपाई किन यटा?
गब्बर : म जेल तोडेर लुक्न आएको।
हाकु : टपाईले रामगढ लुत्नु भो, मैले बैंक। टैपनि जेल परिनँ।
गब्बर : एक्लै लुटेको?
हाकु : ग्याङ थियो।
गब्बर : कितने आदमी थे?
हाकु : हामी पाँच जना।
गब्बर : सरी पासा, हिन्दी फुस्किहाल्यो।
- - -

हाकु : ठाकुरलाई किन यी हाट डे डे ठाकुर भन्नुभएको? किन मागेको हाट? खुत्ता मागेको भए... लात्तै लात्ताले हान्दैनथ्यो नि त्यसरी।
गब्बर : अनि उसको पनि हात कोटको बाहुला हो र? मलाई कोर्रै कोर्राले हानिहाल्थ्यो नि।
(हाकुलाई गोप्लेको यो ...कोटको बाहुला'वाला डायलग थाहा छैन, किनकि गोप्लेले यो उसको अगाडि बोलेको होइन)
- - -
हाकु : गब्बरजी, ठाकुरले टपाईसँग बदला लिन किन दुई हिरो पठाएको?
गब्बर : त्यति नि बुझ्दैनौं पासा। उसको दुइटा हात काटिएको थियो नि। दुई हातको ठाउँमा दुई हिरो। बरु बैंक लुट्न चाहिँ किन पाँच जना?
हाकु : अनि हातमा पाँचवता औंला हुँदैन त? पाँच औँला बराबर पाँच लुटेरा।
- - -
हाकु : गब्बजरजी, म ट टपाईको फ्यान हुँ नि।
गब्बर : किन पासा?
हाकु : मलाई डरलाग्दा र भयंकर मान्छेहरू मन पर्छ।
गब्बर : म कसरी भयंकर?
हाकु : किनभने ...सबै आमाले आफ्नो बच्चालाई सुट् सुट् नट्र गब्बर आउँछ' भन्थ्यो रे। हो ट?
गब्बर : खोइ, स्त्रि्कप्ट राइटरले के के लेखिदियो, घोक्नुसम्म घोकेँ।
- - -
गब्बर : पासा। अनि बैंक लुत्ने बेला बिचरा चार जनालाई किन धोका दिएको?
हाकु : नेटाहरूले चाहिँ देश लुत्न तीन करोड जनतालाई धोका दिन हुने। मैले चाहिँ चार जनालाई छकाउन नपाउने?
गब्बर : पासाको दिमागलाई मान्नै पर्छ।
हाकु : त्यसै भन्छु त- बल होइन पासा
डिमाग लगा डिमाग।
- - -
गब्बर : मसँग एउटा मास्टर प्लान छ।
हाकु : अरे... यो त मेरो डायलग होइन?
गब्बर : हो। मलाई थाहा छ।
हाकु : कसरी?
गब्बर : युट्युबमा हेरेको।
हाकु : के हो मास्तर प्लान?
गब्बर : लुट जस्तै फिल्म बनाउने।
हाकु : हा हा हा...। फिल्मको नाम के नि?
गब्बर : ब्रम्हलुट।
हाकु : अरूले दर्ता गरिसक्यो।
गब्बर : त्यसो भए लुट कम्पनी।
हाकु : रिलिज डेट कुर्दैछ।
गब्बर : ल ल... महालुट।
हाकु : सुटिङ हुने भइसक्यो।
गब्बर : जे पर्ला पर्ला। लुट-२।
हाकु : नाइँ। निश्चलले बोर मान्छ।
गब्बर : बहुत याराना लग्ता है। ... सरी फेरि फुत्कियो हिन्दी।
- - -
हाकु : हाम्रो फिल्ममा भिलेन को हुन्छ? हाकु कि गब्बर?
गब्बर : भिलेन हाकु, हिरो गब्बर।
हाकु : हिरोइन।
गब्बर : वसन्ती।
हाकु : होइन, उध्रेको चोली।
गब्बर : होइन वसन्ती।
हाकु : संगत पनि कस्तोसँग गरेछु।
गब्बर : ओइ... चुप लाग। गब्बरको रिसबाट एउटै मान्छे बच्न सक्छ, त्यो हो गब्बर।
हाकु (रिसाउँदै) : सोचेरे बोल धेरै बाँच्लास्।
गब्बर : म्या! आफ्नो देशमा घोक्रो फुलाउँदैमा कोही डन हुँदैन।
हाकु : अबुई। मलाई ट डर पो लाग्यो।
गब्बर : जो डरायो, सम्झनू त्यो मर्‍यो।
(गब्बरले हाकुको हत्केलालाई आफ्नो हत्केलाले समात्दै टेबलमा ...हात लडाइँ' सुरु गर्‍यो। दुवै जोरले बल लगाउन थाल्छन्। कहिले गब्बर तल कहिले हाकु, कहिले गब्बर माथि त कहिले हाकु। दुवैका हात एकअर्कामा ठप्प भए पनि रिसको झोक र रक्सीको सुरले दुवैका जिब्रा भने छाडा हुँदैगए।)
हाकु : टुट्
गब्बर : टुट्
हाकु : तैं टुट् टुट्
गब्बर : तेरो शाखा सन्तान टुट् टुट्।
- - -
हाकुः भिड्ने नै हो भने भोलि आइज।
गब्बर : कहाँ आउने?
हाकु : विष्णुमतिको किनार आएर सोध्। बच्चा बच्चाले भन्डिन्छ, हाकु काले कहाँ छ भनेर।
- - -
(गब्बर भोलिपल्ट विष्णुमति किनार पुग्छ। तर सोधे जतिले हाकु काले थाहा छैन भन्छ। गब्बर नाक थुन्दै फोहोरको डंगुरतिर अल्मलिन्छ। उता हाकु काले अज्ञात स्थलको छतमा उभिएको हुन्छ।)
हाकु : काठमाडौं सहर हेर्डा लाग्छ रहर। साला गिड्डै गिड्डको सहर।

साभार:- नागरिक न्युज दैनिक

सगरमाथामा हनिमुन -दिल्लीमा सुहागरात

-मनोज गजुरेल
(सिंगो मञ्च राता ध्वजापतकाद्वारा सजाइएको छ । दायाँतिर वाद्यवादक बसेका छन् भने बायाँ कुनामा ‘ग्रिनरुम’ बनाइएको छ । ग्रिनरुममा कलाकार अम्रेड ‘अर्कास’, अर्कासपत्नी ‘इर्जना’, अम्रेड ‘इना’, इनापति ‘अंकर’, अम्रेड ‘अर्चन्ड’, अर्चन्डपत्नी ‘इता’ तथा सूत्रधार ‘अनोज’ बसिरहेका छन् । वाद्यवादकले संगीत सुरु गरेपछि ‘अर्कास’ गीत गाउँदै मञ्चमा प्रवेश गर्छन् ।)
अर्कास : हिजो भागेदेखि आज बल्लबल्ल भेट भो, दर्शन नमस्ते, हो… दर्शन नमस्ते !
सूत्रधार : कहाँ थियौ भन तिमी, रंगमञ्च उठेपछि आयौ, समयले इमान लुटेपछि आयौ !
अर्कास : सगरमाथामा हनिमुन, दिल्लीमें सुहागरात, मस्तमें कटरही रास्ते ।
सूत्रधार : जा जा मिलजा गले, हँस्ते हँस्ते, लाल सलाम, नमस्ते !
अर्कास : लाल सलाम सुकेर कालो भयो, आज मेरो भोगीको चाल भयो, क्यारौँ मायालु ?
सूत्रधार : किन त्यसरी विनाअर्थले माया मार्‍यौ, माइलीको दुनियाँलाई एक्लै पार्‍यौ ?
अर्कास : तिमीलाई रुवाउने मेरो धोको हैन, यस्तै पर्‍यो जिन्दगीमा, यिनलाई माया मार्न सकिनँ ।
सूत्रधार : माइली रुँदै लाजिम्पाट पाखैमा, दुधे बालक बोकेर काखैमा, भन्नुनभाको– बाबु, घरमा खबर नगरी तिमी कहाँ गाको ?
अर्कास : चिसो चिसो हावामा, त्यसै मन बरालियो, के भो त्यो डाँडाकाँडामा यो मन ‘इना’तिरै अल्झियो । झ्याँगबाट हेरेको तिनीले, अझै आउँछ झझल्को †

सूत्रधार : जसो गर जे भन जतासुकै लैजाउ कुरालाई, त्यो मन त तिम्रो बेहोसी हो ।
अर्कास : बेहोसपछि त होसमा आउँदा क्या दामी भो, यहाँ उडाउने म, उड्नेको’नि क्या बदनामी भो । (अचानक बन्दुक पड्केको आवाज आउँछ, सबैजना धुँवामा हराउँछन् † एकछिनपछि इनापति अंकर हातमा लाठो लिएर देखापर्छन् †)
अंकर : मेरो माल मलाई फर्काइदे बाबु, तेरो ज्यान जोगाउनु छ भने, जोरी नै खोज्छस् लौ भने, देख्लास् आफ्नो बाउको बिहे खुरुक्क माल दिएर जा †
इना : सरर पानी घट्टामा, म त प्यारा आउँदा नि आउँदिन– कोही खोज है मेरो सट्टामा !
(अचानक जुताको टकटक आवाजसँगै अम्रेड अर्चन्डको प्रवेश हुन्छ ! अर्कास अलि पछाडि सर्छन् !)
अर्चन्ड : जेठी पहिले छोडेकै थियौ, माइली पनि खोजिदिएकै थियौँ, दुइटीले मन नमानेपछि, बाबुको बिँडो नथामेपछि, मनमा पिर त पर्ने नै भयो, यो मन त्यसै मर्ने नै भयो… हा हा हा †
अर्कास : चोट के हो व्यथा के हो, मजस्तो घाइतेलाई सोध, मिलन के हो, खुसी के हो ? मसँग सोध्दै नसोध ।
सूत्रधार : मनको कुरालाई बाँधी नराख– डल्लो परिजाला, प्याट्ट फुटाइदेऊ !
अर्कास : भूल गरेछ दैवले पनि, आकासको चरालाई सुनको पिँजडामा थुनेर ।
सूत्रधार : मन त हाम्रो बरिलै हो छाडा साँढेझैँ, बाँध्नुपर्छ बरिलै दाम्लाले बाँधेझैँ ।
अर्कास : दाम्लाले बाँध्दा भएन, डोकोले छोप्दा भएन, जाँतोले पिँध्दा भएन, फुक्यो भोटे कुकुर…। (अकास्मात आफ्नी पत्नी ‘इर्जना’को प्रवेश भएकाले अर्कास कुनातिर लाग्छन्, इर्जना राताराता आँखा पार्दै गीत गाउँछिन्)
इर्जना : गर्नु गर्याै बलराम, पाडो ताकेर, दुनियाँलाई हँसाएर, आफन्तको नाकै भाँचेर ।
अर्कास : मैले नाक छोडी आएँ, हिउँको तरेलीमा, कहाँ रोजौँ कहाँ खोजौँ कसको घडेरीमा ।
इर्जना : डाँडाभाँटा कारबाहीले, तिम्रै गीत गाउँछ, जन–अदालतले पनि तिम्लाई बोलाउँछ ।
अर्कास : त्यही भएर म हराको, त्यही भएर म हराको, त्यही भएर म हराको…। (एक्कासी चट्याङ पर्छ, अर्कासकी आमा ‘इता’ सुँकसुँकाउँदै मञ्चमा
प्रवेश गर्छिन्)
इता : पापा कहेते थे बडा नाम करेगा, बेटा हमारा बडा काम करेगा, मगर ओह तो, दाहाल हम तो– हे मेरी मुस्किल हें कहाँ ?
अर्कास : हमे उनसे प्यार कितना यह हम नही जानते, मगर जि नही सकती, दाहालके विना ! (इनापति अंकर इनाको हात समाउन खोज्छन्)
अंकर : सिउँदो तिम्रो अरूकै हातबाट रंग्याऊ तर अन्तिमपल्ट भेट्न आऊ ।
इना : नाइँनाइँ फकाउनु पर्दैन, वैद्यले सुनेर के भन्लान !
अंकर : साँचो प्रीति लाएकै थिएँ, क्रान्तिकारी जोवन दिएकै थिएँ !
इना : क्रान्तिको बन्दुक बोक्ने बलिया तिम्रा पाखुरा, मायाको लन्चर उचाल्ने, अर्कासका झन् ठूला पाखुरा !
अंकर : मैले बा–आमा त्यागेर, ल्याएको मायाले धोका दिई, रूपकी त साह्रै राम्री थिई, मनकी त साह्रै कुरूप रहिछे !
इना : वैद्यपथले बिगार्‍यो तिमीलाई, प्रचण्डपथले पछ्यायो हामीलाई, लेफ्ट राइट, लेफ्ट राइट ।
अंकर : मन थिएन जोगी हुनलाई, हात हेराउँदा वैद्यबाले राम्रै हुन्छ भन्थे भन्नलाई ! (इनापति मलिनो अनुहार लिएर नेपथ्यतिर लाग्छन्, त्यसैबेला उबिन गन्धर्व सारंगी बजाउँदै मञ्चमा प्रवेश गर्छन् )
उबिन : ए बाबाले सोध्लान् नि खै छोरा भन्लान् ?
अर्कास : दाम सकिए’सी आउँछ रे भन्दिऐ ।
उबिन : आमाले सोध्लिन् नि खै मोरा भन्लिन् ?
अर्कास : नातिनी ल्याउँछ रे भन्दिऐ ।
उबिन : प्रियाले सोध्लिन्’नि खै खसम भन्लिन् ?
अर्कास : कसम टुट्यो भन्दिए ।
उबिन : छोराले सोध्लान्’नि खै बाबु भन्लान् ?
अर्कास : बाउको बिहे भैगयो भन्दिऐ ।
उबिन : पार्टीले सोध्ला’नि खै कमरेड भन्ला ?
अर्कास : क्रान्ति आधा भयो भन्दिए ।
उबिन : हे, बरै !

सूत्रधार : वीरताको चिनो वीरको सन्तान, सहिदको रगत, कामरेडको निसानी, अब कसको हातले लेख्ने हो, क्रान्तिकारिताको कालो कहानी ?
अर्कास : अरू कालो रेलको धुवाँले, हामी कालो रातो–राम्रो–गुलियो मन पराउनाले ।
इना : काले भनी नगर हेलाँ, कारबाहीको पर्लाउनी फेला !
सूत्रधार : डल्ली मगर्नी हौ डल्ली मगर्नी, ख्याल क्रान्ति गरिनौँ हौ पिरिम् पर्‍यासी ।
अर्चन्ड : छोरा मलाई भागी भागी नसताऊ, कानमा आई सुटुक्क बताऊ, तिम्लाई बाबाको माया कति लाग्छ रे ?
अर्कास : एकादेशमा एउटा बाबा थियो, बाबाको एउटा छोरो थियो, छोरो साह्रै चञ्चले थियो, छोरो अति ‘मनचले’ थियो, एकदिन बाबाको नाकमा गोबर दल्यो रे…! (यति भनेर अर्कास भुइँको गोबर बाबुको अनुहारमा दलेर नेपथ्यतिर भाग्छन् ! अर्चन्ड पनि उनलाई लखेट्दै पछीपछी दगुर्छन् ! नेपथ्यमा उनीहरूको आवाज आइरहेको हुन्छ !)
अर्चन्ड : मेरो छोरा !
अर्कास : मेरो बाबा !
अर्चन्ड : मेरो हावा !
(पर्दा बन्द हुन्छ !)
(साभार :-  सौर्य दैनिक)

रेखा थापाको मिनिस्कर्ट रहस्य

-चिरञ्जीवी पौडेल
एक दिन सुटिङमा जानेबेला रेखा थापा आफ्नो मिनिस्कर्ट खोज्दै थिइन् । नभेटेपछि श्रीमान् छवि ओझालाई सोधिन्, ‘डयाडी, (रेखा आफ्नो श्रीमान्लाई डयाडी भन्छिन्) तपाईंले मेरो गुलाबी कलरको मिनिस्कर्ट देख्नुभयो ?’
छवी : ए, त्यो त मैले धोएर थन्क्याइदिएको छु ।
रेखा : कहाँ छ त ?
छवि : ऊ त्यो सलाइको बट्टाभित्र !

आफ्नो नयाँ फिल्म ‘सालीको पोइ’ को प्रिमियर हेर्न हल गएकी रेखालाई बेस्सरी पिसाबले चाप्यो । हाफ टाइम हुनासाथ उनी दौडिँदै शौचालयभित्र छिरिन् । तर, त्यो परेछ पुरुष शौचालय । आफ्नो पछिपछि धेरै पुरुषको भिड लागिसकेको उनले मेसो पाइनन् । हतार–हतार पिसाब गर्न बस्न खोज्दा टाइट मिनिस्कर्टले दिएन । मिनिस्कर्टको पछाडिपट्टि फस्नर थियो । पछाडि हात लगेर फस्नर अलिकति उघारिन् र फेरि बस्न खोजिन् । तर, अझै भएन । फेरि फस्नर अरू धेरै उघारिन् र बस्न खोजिन् । यसपालि पनि सकिनन् । आखिर पूरै फस्नर उघारिन् र बस्न खाजिन् । यति गर्दा पनि भएन । यत्तिकैमा पछाडिबाट एक सज्जनले उनलाई जुरुक्क बोके र खुट्टा फट्याइदिँदै भने– लौ पिसाब फेर्नुस् । अत्तालिएकी रेखाले पिसाब गरिसकेर पछाडिको मान्छेलाई हेर्दै भनिन्, ‘तपाईं को हँ ? नचिनेकी केटीलाई यसरी बोकेर पिसाब फेराउन लाज लाग्दैन ।’
सज्जनले विनम्र हुँदै भने, ‘तपाईंले मेरो पाइन्टको फस्नर खोलिदिएर सहयोग गरेपछि मैले यति गर्न केको लाज ?’
****************
छवि ओझा आफ्नी हिरोइन श्रीमतीका लागि मिनिस्कर्ट सिलाइदिन टेलरकहाँ पुगे । उनले रुमाल जत्रो कपडा टेलरवालालाई दिँदै भने– दुईवटा मिनिस्कर्ट सिलाइदिनु है ?
टेलर : तर, यत्रो कपडा…
छवि : (कुरा काट्दै) बाँकी रहेको कपडा तपाईंलाई नै भो ।
*********************
रेखा थापालाई एकजना फ्यानले विदेशबाट साइनिङ अन्डरवेयर (चम्किने कट्टु) उपहार पठाइदिएका थिए । अमेरिकाबाट पठाइदिएको भनेपछि त्यो लर्तरो कट्टु थिएन । प्राय: हलिउड सेलिब्रिटीले लाउने त्यो कट्टु यति चम्किलो थियो कि धेरै बेरसम्म हेर्‍यो भने जो कोही पनि त्यसको प्रकाश धान्न नसकेर बेहोस हुनसक्थ्यो । रेखालाई कट्टु साह्रै मनपर्‍यो तर आखिर पर्‍यो कट्टु । अरूलाई कसरी देखाउने भनेर समस्या पर्‍यो उनलाई । तर, उपाय सुझ्यो । राति साइनिङ अन्डरवेयर लगाएरै सुतेकी रेखा भोलिपल्ट बिहानै आफ्नो सबैभन्दा खुकुलो मिनिस्कर्ट भिरेर सुटिङमा हिँडिन् । उनले सुटिङमा कुनै जुक्ति निकालेर अन्डरवेयर देखाउने विचार गरिन् ।
नभन्दै एक दिन ‘मान्छेभन्दा भुँडी ठूलो’ नामक फिल्मको सुटिङमा उनले रूख चढ्नुपर्ने दृश्य थियो । गाउँले केटीको रोल भए पनि रेखाले मिनिस्कर्ट नै लगाएर रूख चढ्ने अडान लिइन् किनकि उनलाई साइनिङ अन्डरवेयर जो देखाउनु थियो ।
निर्देशकको के जोर चल्थ्यो, उनले चोली र मिनिस्कर्ट लगाएर रूख चढ्न रेखालाई अनुमति दिए । यता क्यामराम्यान मुन्तिरबाट क्यामेरा सोझ्याउँदै थिए । रूखमा अलि माथि पुगेपछि रेखाले नियतवश आफ्ना दुई खुट्टा अलिकति फट्याइदिइन् । रूखमुनि रहेका क्यामराम्यानले दुईचोटि वाह, वाह भने र त्यहीँ बेहोस भए ।

के भएछ भनेर निर्देशक उनको ठाउँमा आएर माथि हेरे । उनलाई पनि रेखाले खुट्टा फट्याएर देखाइन् । निर्देशक पनि धेरै बेर टिक्न सकेनन् र वाह † वाह †† भन्दै भुक्लुक्क भए । एवं रितले सुटिङ युनिटका सबैजना पालैपालो वाह † वाह †† भन्दै त्यहीँ ढले । अन्तत: त्यस दिन सुटिङ नै हुन सकेन ।
यता, रेखा आफ्नो साइनिङ अन्डरवेयरको करामत देखाउन पाएर गदगद हुँदै घर फर्किइन् । घर आउनासाथ उनले श्रीमान् छवि ओझालाई बेलिबिस्तार लगाइन््, साइनिङ अन्डरवेयरको चमत्कारको । तर, छवि त टाउको समातेर रुन पो थाले । एकछिनमा फुलिएपछि उनले भने, ‘म बिहान उठ्दा तिम्रो साइनिङ अन्डरवेयर त मैले लगाएर हिँडेको थिएँ ।’
**********************************************************************
छविले रेखाको मिनिस्कर्ट धोएर छतमा सुकाएका थिए तर उठाउन जाँदा मिनिस्कर्ट त भँगेराले टिपेर उडिरहेको देखे । हत्तेरी भन्दै उनले ओर्लेर रेखालाई भँगेराले मिनिस्कर्ट चोरेको सुनाए । रेखाले निर्धक्क हुँदै भनिन्, ‘ढुक्क हुनुस्, डयाडी † त्यसले मिनिस्कर्ट फिर्ता ल्याइदिन्छ ।’
नभन्दै भोलिपल्ट त मिनिस्कर्ट छतमा ल्याएर मिल्काइदिएको रहेछ भँगेराले । उठाउन खोज्दा छविले मिनिस्कर्टसँगै एउटा सानो चिठ्ठी देखे । त्यसमा लेखिएको थियो, ‘साह्रै टाइट भयो, त्यसैले फिर्ता ल्याइदिएँ ।
**********************************************************************
पत्रिकाहरूले साह्रै खेदो गरे भनेर एक दिन रेखाले आयन्दा मिनिस्कर्ट नलाउने निधो गरिन् । उनले यो कुरा श्रीमान्लाई सुनाइन् । ‘डयाडी † म अबदेखि मिनिस्कर्ट लाउँदिन, पत्रिकाहरूले साह्रै खेदे ।’
छवि गदगद भए उनको कुरा सुनेर । भने, ‘मैले जुन कुरा वर्षौंदेखि भन्न चाहेर पनि भन्न सकेको थिइनँ । आज तिमी आफैँले भन्यौ । यो मेरो सबैभन्दा खुसीको दिन हो ।’ छवि भावुक भएर रुन थाले ।
तर, रेखाले भनिन्, ‘त्यति धेरै खुसी हुनुपर्दैन, डयाडी । मैले मिनिस्कर्ट लाउँदिनँ मात्र भनेकी हुँ, त्यसको ठाउँमा अर्थोक लाउँछु त भनेकी छैन नि †’
छवि फेरि रुन लागे ।
रेखा थापा फिल्मको सुटिङमा थिइन् । भिलेनलाई उनले किक हानेर ढाल्नुपर्ने दृश्य थियो । रेखाले मिनिस्कर्ट लगाएरै किक हान्न चाहिन् । दुवै जना तयार भए । निर्देशकले एक्सन भन्दै खुट्टा उज्याएर भिलेनलाई बजाउन रेखालाई इसारा गरे । रेखाले दायाँ खुट्टा उचालिन् तर मिनिस्कर्ट निकै टाइट भएकाले खुट्टा धेरै माथि उठेन । खुट्टा टेकिन् र फेरि अर्को खुट्टाले प्रयास गरिन् । यसपटक पनि उनको खुट्टा भिलेनको घुँडाभन्दा माथि पुग्न सकेन । उनले अलि बल लगाइन् । ला…, मिनिस्कर्ट नै ध्यार्र गर्‍यो । सुटिङ युनिटका सदस्यहरू मुखामुख गर्न थाले । अर्को मिनिस्कर्टको जोगाड गर्न निर्देशकले सहायकलाई इसारा गरे । तर, रेखाले भने मिनिस्कर्ट बदल्न कुनै चासो देखाइनन् । बरु अलि लजाएजस्तो गरी मुसुक्क हाँस्दै सरी भनिन् । उनी टेक दिन फेरि तयार भइन् र खुट्टा उचालिन् । यसपटक अलि माथि पुर्‍याइन् । तर, मिनिस्कर्टको पछाडि भागमा झन् बेसरी ध्यार्र गर्‍यो । यसपटक भने रेखा पनि लाजले पानी–पानी भइन् । ‘हिजो मासु धेरै खाएकी थिएँ,’ रातो–पिरो अनुहार लगाएर उनले भनिन् । त्यतिबेलासम्म वरिवरि रहेका सबै नाक थुनिरहेका थिए ।
****************************************************************
रेखा थापालाई कामको व्यस्तताबाट फुर्सद मिलाएर एक्लै गाउँतिर डुल्न मन लाग्यो । माथि सानो स्लिभलेस टिसर्ट र तल आफ्नो भएसम्मको छोटो मिनिस्कर्ट लगाएर उनी काठमाडौंनजिकैको एउटा गाउँमा पसिन् । आफूलाई कसैले नचिनून् भनेर उनले अनुहारको मेकअप नगरी हिँडेकी थिइन् ।
तर, गाउँ पस्नेबित्तिकै रेखा विपत्तिमा परिन् । गाउँका भूराहरू उनको छोटो लुगालाई औँल्याउँदै कुरीकुरी भन्दै पछि दगुर्न थाले । जति हप्काउँदा पनि नटेरेपछि रेखाले तिनीहरूलाई स–साना ढुंगा टिप्दै हान्न थालिन् । यत्तिकैमा केही गाउँलेले देखे । एउटी अर्धनग्न आइमाईले केटाकेटीहरूलाई ढुंगाले हान्दै गरेको देखेर उनीहरूले बहुलाही भन्ठाने । कसैले प्रहरीमा मोबाइलबाट फोन गरेर बढाईचढाई गर्दै भन्यो एउटी बहुलाही गाउँमा नांगै घुमिरहेकी छ ।

केहीबेरमा पुलिस आयो र ‘नांगी बहुलाही’ लाई एउटा ठूलो कम्बलले घर्लप्प छोपेर गाडीमा हालेर लग्यो । रेखा केही भन्न खोज्दै थिइन् तर मौका पाइनन् । पुलिसचौकीमा लगेपछि भने उनले ठूलै आक्रोश झिकिन् । तिमीहरूले मलाई यहाँ ल्याउने हिम्मत कसरी गर्‍यौ ? म को हुँ, थाहा छ ? म हिरोइन रेखा थापा हुँ, रेखा थापा ।
उनको कुराले प्रहरीहरू पेट मिचिमिची हाँस्न थाले । प्रहरी निरीक्षकले उनलाई पहिले मानसिक अस्पताल लैजान आदेश दिए । मानसिक अस्पतालमा जाँच्ने डाक्टरलाई पनि उनले पटकपटक आफू हिरोइन रेखा थापा भएको बताइन् तर डाक्टरले के पत्याउँथे, बहुलाही नै भन्ठाने । डाक्टरले निधो गरिदिए, उहाँले रेखा थापाको फिल्ममा कुनै डरलाग्दो दृश्य हेरेर उहाँलाई मानसिक दौरा परेको देखिन्छ । सामान्य उपचारले हुँदैन । इलेक्ट्रिक सक नै दिनुपर्छ ।
अन्तत: उनलाई बाँधेर इलेक्ट्रिक सक दिइयो । सकले गर्दा रेखाको मगज साँच्चिकै असन्तुलित भयो । पछि उनी मानसिक अस्पतालबाट भागेर त निस्किन् । तर, उनको मानसिक अवस्था अहिले पनि ठेगानमा आउन नसकेको बताइन्छ ।
(स्मरणीय रहोस्, यही बिमारीले चापेका बेला रेखाले रामनामीलाई लगौँटी बनाएर नाचेकी थिइन् । छविले रेखासित छुट्टिने निर्णय लिनुमा पनि यही बिमारीको कारण रहेको बताइन्छ ।)
(सौर्य दैनिकबाट)

Monday, July 16, 2012

मेरो घर पठाउनु म फ़िट बनाएर पठाईदिन्छु।

भैरेकि श्रीमती नेपाल आर्मीमा भर्ती हुनको लागी
श्रीमानको साथ गईछ।रनिंग कटाई यताउती सबै
काम कटाए पछी शेरेले छाती नापेछ।र उनिहरु
तर्फ़ फ़र्केर भनेछ लु यहाँ को छाती अलि पुगेन
सानो भयो भर्ती हुन सक्नुहुन्न भैरेलाई पिर पर्यो
अनि सोध्यो ।हैन साहेब अब मेरो बुढीको छाती ठुलो
गराउन के गर्नु पर्ला ।
शेरेले भन्यो पिर नमान भैरे एक हप्ते ट्रेनिंग को लागी
मेरो घर पठाउनु म फ़िट बनाएर पठाईदिन्छु।
भैरे खुशी हुदै भन्यो सुभ कार्यमा ढिलाई किन साहेब !?
अहिल्लै नै लगीहाल्नुहोस:-P
By:-  https://www.facebook.com/supperjokse

माग्ने बुढो र धुर्मुस

माग्ने=अरे धुर्मुस स्याउ खाउ न है?
धुर्मुस = ह्या यस्तो स्याउ त बिदेशमा जतीपनी पाईन्ंछ।
माग्ने= त्यसो भा पकौडा खाउ न त?
धुर्मुस = ह्या पिजा बर्गर खादा खादा वाक्क लाग्या छ।
माग्ने=आज मासु खाउ न त?
धुर्मुस = ह्या दिनदिनै मासु खाएर वाक्क भैया छ।
माग्ने= भोली त दशैको टिका यसो नया कपडा किनौ न त?
धुर्मुस = ह्या बिदेशमा त दस रुपयामा यस्तो जाबो कपडा कती कती।
माग्ने= त्यसो भा भोली पनी तिम्रो बुढीलाई घुमाउन लैजाउ कि भनेको म त?
धुर्मुस=ह्या लैजा लैजा बिदेशमा जतीपनी......................।

Thursday, July 12, 2012

बाबुराम र बजेट

कान्तिपुर  ( असार  २८ , २०६९ )
साभार :-www.ekantipur.com

मावोबादी फुटको असर , दाहालय ....अनाथालय

नागरिक ( असार २८ , २०६९ )
साभार :-www.nagariknews.com

केटिहरुले यसो भन्दा रहेछन् :

केटिहरुले यसो भन्दा रहेछन् :
"फूल जस्तो एकैठाऊँमा फूल्न सकिँदैन,
सँधै एउटै BoyFrIend सँग डुल्न सकिँदैन, कुनै केटाले झुक्कीएर पनि "XCUSE ME दिदी"
भन्यो भने
जिन्दगीभरी त्यसलाई भुल्न सकिँदैन ! :)
From :-  facebook

लिनुस आफै पढ्नुस

छोरी :- म गाउ को एक केटा सँग भागेर बिवाह गर्दै छु !
बाबा :- धन्य भगवान मेरो खर्च बचायौ
छोरी :- धेरै मख्ख नपर्नुस
मम्मी ले लेखेर छोड्नु भको रहेछ
त्यही पढेकि ल लिनुस आफै पढ्नुस

छोरी बुहारीको सुरक्षे गर्नु है ! प्रकाश पस्या छ रे गाममा !! :




Monday, July 2, 2012

चोर धोती - ट्यान्के प्रोडक्स्न


फेसबुक फन्डामा प्रकाश धरान

फेसबुक फन्डामा यसपटक प्रकाश धरान (गायक प्रकाश पौडेलको फेसबुक एकाउन्टको वालमा) पाइएका रमाइला जोक्स :



अमेरिकाबाट गाउँमा फोन गर्दै अमरले ईश्वरसँग फुर्ति लगाएछ,

अमर : हेलो ईश्वर के छ हो, तेरो खबर ? यहाँ त बबाल लाइफ छ नि ....तँ त गाउँ रुँगेर बसेको होला होइनस् ? हाहा....साँच्चै तँ ओबामालाई चिन्छस् ?

ईश्वर : अहँ चिन्दिन्...

अमर : अमेरिका आए पो चिन्थिस्, एन्जेलिना जोलीलाई नि ?

ईश्वर : अहँ चिन्दिन्...

अमर : अंग्रेजी फिल्म हेरे पो चिन्थिस्, रिहान्नालाई नि ?

ईश्वर : चिन्दिन् ...

अमर : अंग्रेजी गीत सुने पो चिन्थिस लठ्ठु ....

अमरका ठूला-ठूला कुरा सुनेर ईश्वरलाई झर्को लागिसकेको थियो, झन्किँदै उसले भन्यो....

'तँ अमनलाई चिन्छस् ....?

अमर : अहँ चिन्दिन्, को अमन ?

ईश्वर : तेरै स्वास्नीको नयाँ ब्वाइप|mेन्ड हो, कहिल्यै घरमा बसे पो चिन्थिस् त....

०००

पिता : तिमीलाई कस्ती खालकीे बूढी चाहियो ?

छोरा : बुबा मलाई चन्द्रमा जस्ती बूढी चाहिएको हो, जो रातमा आओस् दिनमा जाओस्।

०००

पत्नी : तिमी किन मलाईसँगै थाइल्यान्ड लादैनौं, सधैं एक्लै जान्छौं नि ?

पति : अरे पगली रेस्टुराँ जाँदा कोही घरबाट टिफिन लिएर जान्छ त ?

०००

पत्नी : मैले ड्राइभरलाई जागिरबाट निकालिदिए...धन्न आज म मरेर बाँचे ...झन्डै खोलातिर हालेन, गाडी कसरी कुदाउँछ-कुदाउँछ....

पति : पि्रय नरिसाउन... मलाई लाग्छ, उसलाई अझै एक अवसर दिनुपर्छ।

०००

पोल्टि्रर्फमको मालिक भर्सेज कुखुरा 

पोल्टि्रर्फमको मालिक : सबैले भोलिदेखि दुई-दुईवटा अन्डा दिने, जसले दिँदैन्, त्यसलाई म काटिदिन्छु।

भोलिपल्ट सबैले दुई-दुईवटा अन्डा दिए तर एउटा कुखुराले एउटामात्र अण्डा दियो, रिसाउँदै मालिकले सोधेछ : किन एउटा मात्र ?

कुखुराले जवाफमा भन्यो : त्यो पनि तपाईंको डरले मात्रै दिएको नत्र त म भाले हुँ।

०००

दिवश, नमित र अमर कसैसँग झगडा गरेर भागेछन् र पुलिसले उनीहरूलाई खेदेछ। पुलिसबाट बच्न अध्यारो कोठाभित्र छिरेर उनीहरू बोरा भित्र लुकेछन्। एकछिन पछि पुलिस कोठा भित्र छिरेर अध्यारोमा लठ्ठीले हान्न थालेछ। पुलिसले आफू छिरेको बोरामा लठ्ठीले हानेपछि, दिवशले कुकुरको आवाज निकाल्दै भौ-भौ गर्न थालेछ। पुलिस : 'साला कुकुर पो रैछ'। फेरि पुलिसले नमित छिरेको बोरामा लठि्ठले हानेछ। नमित बिरालोको आवाज निकाल्दै म्याउँ-म्याउँ गर्न थाल्यो। पुलिसले- 'ओहो यो त बिरालो रैछ' भन्दै अमर लुकेको बोरामा लठि्ठले हान्न थालेछ, तर जति हाने पनि केही आवाज आएन्। पुलिसले लगातार हानिरहयो तर पनि आवाज आएन्। २५ पटक जति हानिसकेपछि आजित भैसकेको अमरले कराउँदै भनेछ, 'ओई साले, आलु हुँ आलु ! आलुले बोलेको देखेकोछस् कहिल्यै ?'

Tuesday, June 26, 2012

असार १३ गते देखी लागु हुने नयाँ लोडसेडिङ

नयाँ नेपालको नयाँ लोड सेडिङ, 
असार १३ गते देखी लागु हुने नयाँ लोडसेडिङ

More details about this load-shedding:- http://www.nea.org.np/loadshedding.html

Monday, June 25, 2012

म कोशीस गर्छु नि त

 

स्कुलमा बालक र शिक्षिका बिचको कुराकानी
बालक:-मलाई तपाईं लास्टै मन पर्छ। म तपाईं सँग बिहे गर्न चाहन्छु ।
शिक्षिका:- मलाई बच्चा मन पर्दैन ।
बालक:- ठीक छ नि त म कोशीस गर्छु कि बच्चा नहोस भनेर।

स्कुलको के नाम राख्दा सुहाउन्छ?


कोठामा एकोहोरो घोराइरहेको छोरालाई उसको बाबुले सोधेछन -
बाबु:- ए छोरा तंलाइक भयो हं? किन पढदै नपढी यसरी एकोहोरो घोत्लिएर बसेको ।
छोरा:- घोत्लिएर बसेको होएन बाउ,  सोचेर बसेको नि।
बाबु:- क् सोचेर बसेको त? त्यसरी ।
छोरा:- आज सरहरुले पढाउंदा राम्रोसँग पढेर स्कुलको नाम राख्नुपर्छ भनेका थिए त्यसैले हाम्रो स्कुलको के नाम राख्दा सुहाउन्छ होला भनेर गहिरिएर सोचेको के बाउ।

धुर्मुस र सुन्तली( मेरी बास्सै) कमेडी गीत मा अभिनय

मावोबादी फुटे पछी आरोप - प्रत्यारोप लगाउदै प्रचन्ड र बैध

 कान्तिपुर  ( असार ११ , २०६९ )
साभार :-www.ekantipur.com

Thursday, June 21, 2012

नयाँ नेपाली फन्नी उखान

  • १२ बर्ष रामायाण पढयो लास्ट मा किर्स्चियन भयो ।
  • जुन गोरुको सिङ छैन, त्यस्को बिस्तार पलाउन्छ ।
  • रात भरी फूटबल हेर्यो, बिहान भयो ।
  • नाच्न जान्दैन गित पुरानो ।
  • हाति छिर्यो, मुसो बनेर निस्को ।
  • हाति आयो हाति आयो मुसा देखि फर्केर गयो ।
  • २० बर्ष कुकुरको पुछ्छर लुकाएर राख्यो, लास्टमा मुसाले खाइदियो ।
  • जुन जोगि आए नि पहेलो थैलि बोकेर नै आ उछ ।
  • हरियो बन, काटेर हिन ।
  • मेरो गोरुको चारै खुट्टा ।
  • हुने बिरुवाको कलिला पात ।
  • आफ्नो आङमा जुमरा नदेख्ने अर्काको आङमा कपडा देख्ने ।
  • मर्ने बेलामा सेतो लुगा ।

Tuesday, June 19, 2012

माओवादी फुटे पछी मोहन वैद्य मिडियालाइ अन्तर्बार्ता दिदै

माओवादी फुटे पछि मिडियालाइ अन्तर्बार्ता दिदै, जुन् ब्यङ्य गर्दै रबिन सायमि

नागरिक ( असार ६ , २०६९ )
साभार :-www.nagariknews.com

माओवादी फुटयो नाममा कमा जोड्दै

फुटे पछीको स्थितिलाई ब्यङ्य गर्दै 
अविन
 कान्तिपुर  ( असार ६ , २०६९ )
साभार :-www.ekantipur.com

Monday, June 18, 2012

शहर बाट बि ए सम्म पढेर आकी छोरी र आमा बिचको कुराकानी - चुटकिला

कुनै एउटा घरमा आमा छोरीबिच कुराकानीकै क्रममा आमाले भनिन-
आमा:- छोरी त शहर मा पढन पठाएथे, तैले कस्तो       गरेकी छस त ?
छोरी:- एकदम राम्रो गरी रखेकी छु , अनी आमको दु:ख सम्झेकी पनि छु ।
आमा:- अनी कती पढिस त छोरी ?
छोरी:- गर्ब का साथ, धेरै नै पढिसके आमा, B A सम्म पढिसके नि ।
आमा:-(छोरिलाई गाली गर्दै) तेत्रो खर्च गरेर पढन पठाएको त जम्मा दुई अक्षर पो पढिछु भन्छ त त्यो पनि उल्टो...... हे पर्भु के गरी छ एस्ले शहर मा गएर।

Saturday, June 16, 2012

Sexy girl in bikini needs some help - Gags

Sexy girl in bikini needs some help hiding her while she puts her nun costume. A presentation of the Just For Laughs Gags. The funny hidden camera pranks show for the whole family  

SLC फेल धेरै भएको परिस्थितिमा एक बिधार्थी

SLC फेल धेरै भएको परिस्थितिमा ....एक बिधार्थी फेल भय पछी ..बाउ लाइ केहि भन्दै...
नागरिक ( असार १ , २०६९ )
साभार :-www.nagariknews.com

SLC मा धेरै अंक ल्याउने लाई तानातान

SLC  मा धेरै अंक ल्याएर पास हुनेहरुलाई आ-आफ्नो कलेज मा पढाउने हरुको होड बाजी लै दीपक गौतम ले कोर्नु भएको कार्टुन ...
 कान्तिपुर  ( असार १ , २०६९ )
साभार :-www.ekantipur.com

Thursday, June 14, 2012

चुनाब @ कार्टून

चुनाब को सेरोफेरोको परिस्थितिलाइ राजेश के सी ले बनाउनु भएको .....
साभार:- www.rajeshkc.com

Funny Video Using chaging sign of bathroom

That's right folks, more sexy pranks than you can shake a stick at - actually just 5 gags but that's still quite amazing. If this video is a great success, we'll do it again. If it's a huge stinking flop, we'll fire the staff responsible for the idea and just serve good old individual gags again. In this Best of Top Sexy Pranks you can find the following gags by their original individual name:



 
                                                  Video Sources:-

मन्त्रिलाइ ग्यारेज आवस्यकता

नेपालमा मन्त्रिका सुरक्षामा खटिएका प्रहरी र अन्य यति धेरै भय कि उनीहरु का लागि मन्त्रीको जम्बो कटेज को ग्यारेजमा पनि न अटाएपछीको स्थिति लाइ अविन ले बनाउनु भयको कार्टुन  !
पर्धानमन्त्रीज्यू ! सुरक्षाको गाडी राख्न ग्यारेज भाडा नि चाहियो ! 
...मेरो ग्यारेज त आफ्नै गाडीले भरिभराउ छ !
 कान्तिपुर  ( जेष्ठ ३२ , २०६९ )
साभार :-www.ekantipur.com

पास भन्दा बढी फेल !!!

यो पनि -  रबिन सायमी

SLC  को २०६८ सालको परीक्षामा पास भन्दा बढी फेल भय पनि सबिन सायमी ले कोर्नु भएको नेपाली कार्टुन 
नागरिक ( जेष्ठ ३२ , २०६९ )
साभार :-www.nagariknews.com

Wednesday, June 13, 2012

About Nepali Petrol crises



                                                       Source: www.rajeshkc.com

How to Make Funny Cartoons with Existing Pictures

Software tutorials, this video is showing a tutorial on how to make funny cartoons with existing pictures with...

How to Make Funny Cartoons with Existing Pictures

About Chunab(Election) - by Rajesh KC

                                                     Sources:- www.rajeshkc.com