फेसबुकको नेपाली गजल एकाउन्टमा राखिएका झापडसँग सम्बन्धित गजलहरूः
बेताल भएछ
राजनीतिमा कमाल भएछ।
चियापानमा बबाल भएछ।
एक झापड दिएको बेलामा
अनेक थरी सवाल भएछ
शुभकामना बाँडेर हिँडेका
एक नेताको बेहाल भएछ
कस्तो अनौठो साइत परेको
हिँड्ने चालमा बेताल भएछ
रत्नशमशेर थापा 'निर्दोषी'
झापड
राज्यको ढुकुटी फोडेर,
भए सबै टोली बचाऊँ
जो जीवनयापन,
मागी खाने झोली बचाऊँ
कालगतिमा नाइँ,
गोलीको सिकारमा मर्नु छ
हामीमा तेस्र्याउने,
उहाँहरूको गोली बचाऊँ
जो जस्तै भए पनि,
अस्मिता लुटाउन सकिन्न
आज गिद्धे नजरबाट,
हाम्रा चोली बचाऊँ
हाम्रा बादशाहरूको,
परम्परा यही नै हो
झूटको खेती गर्दै हिँड्ने,
तीतो बोली बचाऊँ
जतिले जति झापड दिए पनि, अन्ततः धेरै ज्वाइँ पाल्छौ,
ज्वाइँ राख्ने डोली बचाऊँ
मानन्धर अभागी
गालाको चड्कन
अब तिम्रो बोलीमा
भर पर्दैनन् जनता !!
सक्छौ भने ठोक गोली
डर्दैनन् जनता !!
नपत्याए हेर आफ्नै गालाको चड्कन
कर्मको फल दिन
पछि सर्दैनन् जनता !!
गर्नु गर्यौ अत्याचार अति भो तड्पन
जति सहे अब सहन गर्दैनन् जनता !!
टुक्रा-टुक्रा पार्यौ देश
संस्कृति भो शेष
तिम्रो शिरमा चढे
तल झर्दैनन् जनता !!
बेला छँदै सोच नत्र अस्मिता मेटाई
गला रेट्दैछन्
राष्ट्रियता हेर्दैनन् जनता !!
इतिहास छ साक्षी प्राण नभए यो देश
आफ्नो जीउ ज्यानै अर्पि
मर्दैनन् जनता !!
अश्मि जीएम
प्रचण्डका गाला
गोराबाट सुरु भयो,
डराउँदै छन् काला पनि
हिजै मात्र बजि्रयो,
प्रचण्डका गाला पनि !!
रामचन्द्र, झक्कु
अनि झलनाथ र प्रचण्ड
हुँदै-हुँदै फेरि यहाँ,
आउँछ तिम्रो पाला पनि !!
केपी ओली, माधव र वैद्य
अनि सुशीलजी
भनिरा'छन् जनताले,
छैन ठीक चाला पनि
गच्छदार र उपेन्द्रको,
आजै सातो गयो कठै
ढोलक र तबलामा,
बज्ने भए छाला पनि !!
झटारो र झापडले,
बरु अलि पुगेन कि ?
होस गर लगाउँछौ,
जुत्ताका ती माला पनि !!
अर्जुन विवश गाउँले
उही गुरुका उही चेला
करेन्ट लगाई झड्काउने पनि उनकै चेला थिए
गोली-बारुद पड्काउने नि
उनकै चेला थिए
गुरुले जे सिकाए
चेलाले उही सिको गरे
उनकै गालामा चड्काउने नि
उनकै चेला थिए
टुंगिन लागेको
शान्तिवार्ता पनि अवरुद्ध भयो
शान्ति-प्रक्रिया भड्काउने पनि उनकै चेला थिए।
ज्योति खतिवडा अनिश्चित
हाँस्नेछन्
झलनाथले कुटाइ खाएः
कांग्रेस र माओवादी खुबै हाँसे !
सुशीलले कुटाई खाएः
एमाले र माओबादी खुबै हाँसे !
प्रचण्डले कुटाई खाएः
कांग्रेस र एमाले खुबै हाँसेका छन्।
नेताहरूको पारा यस्तै रहे....
अब सिंगो नेपाल र नेपालीलाई विदेशीले कुट्नेछन्,
त्यसबेला हामी सबै रुनेछौं, विदेशी मज्जाले हाँस्नेछन्।
सुपर जोक्स कमेडी
No comments:
Post a Comment