Monday, July 2, 2012

फेसबुक फन्डामा प्रकाश धरान

फेसबुक फन्डामा यसपटक प्रकाश धरान (गायक प्रकाश पौडेलको फेसबुक एकाउन्टको वालमा) पाइएका रमाइला जोक्स :



अमेरिकाबाट गाउँमा फोन गर्दै अमरले ईश्वरसँग फुर्ति लगाएछ,

अमर : हेलो ईश्वर के छ हो, तेरो खबर ? यहाँ त बबाल लाइफ छ नि ....तँ त गाउँ रुँगेर बसेको होला होइनस् ? हाहा....साँच्चै तँ ओबामालाई चिन्छस् ?

ईश्वर : अहँ चिन्दिन्...

अमर : अमेरिका आए पो चिन्थिस्, एन्जेलिना जोलीलाई नि ?

ईश्वर : अहँ चिन्दिन्...

अमर : अंग्रेजी फिल्म हेरे पो चिन्थिस्, रिहान्नालाई नि ?

ईश्वर : चिन्दिन् ...

अमर : अंग्रेजी गीत सुने पो चिन्थिस लठ्ठु ....

अमरका ठूला-ठूला कुरा सुनेर ईश्वरलाई झर्को लागिसकेको थियो, झन्किँदै उसले भन्यो....

'तँ अमनलाई चिन्छस् ....?

अमर : अहँ चिन्दिन्, को अमन ?

ईश्वर : तेरै स्वास्नीको नयाँ ब्वाइप|mेन्ड हो, कहिल्यै घरमा बसे पो चिन्थिस् त....

०००

पिता : तिमीलाई कस्ती खालकीे बूढी चाहियो ?

छोरा : बुबा मलाई चन्द्रमा जस्ती बूढी चाहिएको हो, जो रातमा आओस् दिनमा जाओस्।

०००

पत्नी : तिमी किन मलाईसँगै थाइल्यान्ड लादैनौं, सधैं एक्लै जान्छौं नि ?

पति : अरे पगली रेस्टुराँ जाँदा कोही घरबाट टिफिन लिएर जान्छ त ?

०००

पत्नी : मैले ड्राइभरलाई जागिरबाट निकालिदिए...धन्न आज म मरेर बाँचे ...झन्डै खोलातिर हालेन, गाडी कसरी कुदाउँछ-कुदाउँछ....

पति : पि्रय नरिसाउन... मलाई लाग्छ, उसलाई अझै एक अवसर दिनुपर्छ।

०००

पोल्टि्रर्फमको मालिक भर्सेज कुखुरा 

पोल्टि्रर्फमको मालिक : सबैले भोलिदेखि दुई-दुईवटा अन्डा दिने, जसले दिँदैन्, त्यसलाई म काटिदिन्छु।

भोलिपल्ट सबैले दुई-दुईवटा अन्डा दिए तर एउटा कुखुराले एउटामात्र अण्डा दियो, रिसाउँदै मालिकले सोधेछ : किन एउटा मात्र ?

कुखुराले जवाफमा भन्यो : त्यो पनि तपाईंको डरले मात्रै दिएको नत्र त म भाले हुँ।

०००

दिवश, नमित र अमर कसैसँग झगडा गरेर भागेछन् र पुलिसले उनीहरूलाई खेदेछ। पुलिसबाट बच्न अध्यारो कोठाभित्र छिरेर उनीहरू बोरा भित्र लुकेछन्। एकछिन पछि पुलिस कोठा भित्र छिरेर अध्यारोमा लठ्ठीले हान्न थालेछ। पुलिसले आफू छिरेको बोरामा लठ्ठीले हानेपछि, दिवशले कुकुरको आवाज निकाल्दै भौ-भौ गर्न थालेछ। पुलिस : 'साला कुकुर पो रैछ'। फेरि पुलिसले नमित छिरेको बोरामा लठि्ठले हानेछ। नमित बिरालोको आवाज निकाल्दै म्याउँ-म्याउँ गर्न थाल्यो। पुलिसले- 'ओहो यो त बिरालो रैछ' भन्दै अमर लुकेको बोरामा लठि्ठले हान्न थालेछ, तर जति हाने पनि केही आवाज आएन्। पुलिसले लगातार हानिरहयो तर पनि आवाज आएन्। २५ पटक जति हानिसकेपछि आजित भैसकेको अमरले कराउँदै भनेछ, 'ओई साले, आलु हुँ आलु ! आलुले बोलेको देखेकोछस् कहिल्यै ?'

No comments:

Post a Comment