Saturday, December 1, 2012

मुन्द्रेको जवाफ

मुन्द्रे डन, तिम्री छोरी छ ?


तपाईं जहिले पनि जिरे खुर्सानीमा हास्य रोल मात्र गर्नुहुन्छ। कहिलेकाहीं गम्भीर खालको अभिनय पनि गर्नुहोस्।

अमित, धनगढी

मैले गम्भीर खालको अभिनय गरे पनि तपाई गम्भीर भएर हेर्दिनुस् न, यो हास्य अभिनय पनि गम्भीरै हो, गम्भीर नभै हँसाउन सकिँदैन।

मुन्द्रे डन, तिम्री छोरी छ ? मलाई दिने हो ?

३०९३

ब्रो, तपाईं कुन डन पर्नुभो थाहा भएन। अहिले छोरीको कुरा नगरौं। अरूका छोरी ताक्नुभन्दा आफ्नो काममा व्यस्त भएर सफल हुनुस्। अनि कसैका छोरी मागिराख्नु पर्दैन। उल्टै आउँछन्।

मलाई कलाकार बन्ने धेरै इच्छा छ, तर म अहिले अध्ययन गर्दैछु। के गर्ने होला ?

बिपना रेग्मी, गोर्खा

पहिले अध्ययन सिध्याउनुस्। कलाकार बन्नतिर नलाग्नुस्। धेरैजसो कलाकार कलाकार बनेपछि पढ्छन्, तपाईंचाहि पढिसकेर कलाकार बन्नुस्।

जितुजी, तपाईं पुड्के-पुड्के हुनुहुन्छ हो ?

गोरी, झापा

इन्ची टेप लिएर मलाई भेट्नुस्, मेरो शरीर नापौं अनि कति उचाइ भएका मान्छे पुड्केभित्र पर्दो रहेछ प्रमाणित गरौं। मलाई त आफू पुड्केमा पर्छु कि पर्दिनँ भन्ने पनि थाहा छैन।

मुन्द्रे ब्रो, हजुर र भाउजूसँग कस्तो भेट्न मन छ। कहाँ भेट्ने होला ?

सुजाता, बालाजु

सर्वप्रथम भेट्ने इच्छा राख्नुभएकोमा धन्यवाद, तर अलि सम्भव छैन, किनकि श्रीमती जागिरे छिन्, उनको शनिबार नभै छुट्टी हुँदैन। मेरो शनिबार सधैं जिरेखुर्सानीको सुटिङ हुन्छ, तैपनि कुनै दिन कतै भेटिएला नि।

तपाईंलाई मन नपर्ने नेपाली नायक-नायिका को हो ?

नितेश रिमाल, सिमरा

यस्तो छैन। सबै नायक-नायिकाहरू मलाई मन पर्छन्। हामी एउटै विधामा भएका कलाकारहरूले त एकले अर्कालाई सम्मान गर्नुपर्छ नि ! राम्रो-नराम्रो छुट्याउने जिम्मा तपाईंहरू दर्शकको हो।

तपाईंले मुन्द्रा लगाएर मुन्द्रे भनेको हो कि त्यत्तिकै ?

२७२९

हो त, नलगाएको भए त कहाँ भन्थे होलान र ? तर अब त मुन्द्रेको छापै बसिसक्यो। एक-दुई वर्ष नलगाए पनि भन्छन् होला।

तपाईंकी श्रीमतीलाई पनि एकपटक जिरे खुर्सानीमा खेलाउनुपर्‍यो। कि हामीले हेर्नु हुँदैन र भाउजूलाई ? कि कसो ?

९४५०

खेलाउन नै नमिल्ने त हैन, तर उनी जागिरे परिन्। टाइम मिलाउन अलि गाह्रो छ। पछि त्यस्तै उनलाई मिल्ने रोल आएमा अवश्य खेलाउछु। तर हामी दुवै जनाले हाइटेक सर्फको विज्ञापनमा खेलेका छौं, हेर्नुहोला।

[vai:saptahik]

No comments:

Post a Comment