पुष्पकमल दाहाल
मने, नेपाली क्रान्तिको सन्दर्भमा यो बडो जटिल एवं अहं सवाल हो भन्ने मेरो बुझाइ छ । कमरेड रेखा थापाजीको मिनिस्कर्ट र नेपाली क्रान्तिको के सम्बन्ध छ र भन्ने प्रश्न त एउटा कित्ताबाट निश्चितरूपमा उठ्ने नै छ तर हाम्रो गौरवशाली पार्टीको ठम्याइ के छ भने नेपाली क्रान्ति र मिनिस्कर्ट एक–आपसमा घुलमिल भएर आएका छन् र यिनलाई छुट्याएर हेर्न मिल्दै मिल्दैन भन्ने नै हो । हामीले मिनिस्कर्टको रूप पक्षलाई मात्र हेरेर हुँदैन, सार पक्षमा पनि जानुपर्छ भन्ने हाम्लाई लाग्छ । रूप पक्षमा अलिकति तडकभडक देखिए पनि सारमा यसलाई नेपाली महिलामुक्तिको एउटा महान् केन्द्रबिन्दुका रूपमै लिनुपर्छ भन्नेमा दुई मत छँदै छैन । कामरेड थापाजीको जुन क्रान्तिकारी स्प्रिट छ, त्यो मिनिस्कर्टकै कारणले पनि हो भन्ने महान् नेपाली जनताले निश्चितरूपमा बुझेकै छन् ।
जस्तो मैले पनि विगतमा कमरेड रेखाजीसित कम्मर जुधाएर नाच्ने अवसर पाएकै हो र त्यसलाई मैले एउटा ‘ब्रेक थु्र’ का रूपमा लिएको छु । मने, त्यो घटनापछि म धेरै दिनसम्म मनमनै कुत्कुतिएको स्थिति पनि रहेको थियो । त्यतिबेला पनि उहाँले मिनिस्कर्ट नै लगाएर नाच्नुभएको भए अझै त्यसले महान् नेपाली क्रान्तिलाई स्पष्ट रूपमा उजागर गथ्र्यो भन्ने पनि मलाई लाग्छ ।
केपी ओली
‘
हुन त यस्ता खुद्रा–मसिना कुरामा बोलिहाल्ने बानी त होइन मेरो, तैपनि प्याच्च सोधिहाल्नुभो, उत्तर दिनैपर्यो । ती नानीलाई जब म हेर्छु आक्कलझुक्कल टेलिभिजनमा । बडो उदेक लाग्छ । रंग न ढंगसित झ्याम्टा हल्लाएर लैनो बाछोजसरी उपिँ्रmदैमा हिरोइन भइन्छ ? देखाउनुपर्ने कुरा देखाउन सक्नु छैन, छोप्नुपर्ने कुरा ह्वाङ्गै देखाको छ । हिरोनीले देखाउनुपर्ने कला हो, त्यो चैँ छैन, छोप्नुपर्ने साँप्राहरू देखाएर दुनियाँका छोरालाई बिगारेकी छन् । रेखा थापा हुन् कि देखा थापा हुन् ? अँ, त्यो केजाति मिनिस्कर्ट रे † मुस्किलले गुप्तांग छोप्ने ४ इन्चको टालोलाई मिनिस्कर्ट भन्न मिल्ने हो भने मैले सिगान पुछ्न खल्तीमा बोक्ने गरेको पकेट रुमाललाई पनि मिनिस्कर्ट घोषणा गरिदिन्छु, हुन्छ ?
उपेन्द्र यादव
साभार:- सौर्य दैनिक
No comments:
Post a Comment