Saturday, December 1, 2012

मुन्द्रेको जवाफ

मुन्द्रे डन, तिम्री छोरी छ ?


तपाईं जहिले पनि जिरे खुर्सानीमा हास्य रोल मात्र गर्नुहुन्छ। कहिलेकाहीं गम्भीर खालको अभिनय पनि गर्नुहोस्।

अमित, धनगढी

मैले गम्भीर खालको अभिनय गरे पनि तपाई गम्भीर भएर हेर्दिनुस् न, यो हास्य अभिनय पनि गम्भीरै हो, गम्भीर नभै हँसाउन सकिँदैन।

मुन्द्रे डन, तिम्री छोरी छ ? मलाई दिने हो ?

३०९३

ब्रो, तपाईं कुन डन पर्नुभो थाहा भएन। अहिले छोरीको कुरा नगरौं। अरूका छोरी ताक्नुभन्दा आफ्नो काममा व्यस्त भएर सफल हुनुस्। अनि कसैका छोरी मागिराख्नु पर्दैन। उल्टै आउँछन्।

मलाई कलाकार बन्ने धेरै इच्छा छ, तर म अहिले अध्ययन गर्दैछु। के गर्ने होला ?

बिपना रेग्मी, गोर्खा

पहिले अध्ययन सिध्याउनुस्। कलाकार बन्नतिर नलाग्नुस्। धेरैजसो कलाकार कलाकार बनेपछि पढ्छन्, तपाईंचाहि पढिसकेर कलाकार बन्नुस्।

जितुजी, तपाईं पुड्के-पुड्के हुनुहुन्छ हो ?

गोरी, झापा

इन्ची टेप लिएर मलाई भेट्नुस्, मेरो शरीर नापौं अनि कति उचाइ भएका मान्छे पुड्केभित्र पर्दो रहेछ प्रमाणित गरौं। मलाई त आफू पुड्केमा पर्छु कि पर्दिनँ भन्ने पनि थाहा छैन।

मुन्द्रे ब्रो, हजुर र भाउजूसँग कस्तो भेट्न मन छ। कहाँ भेट्ने होला ?

सुजाता, बालाजु

सर्वप्रथम भेट्ने इच्छा राख्नुभएकोमा धन्यवाद, तर अलि सम्भव छैन, किनकि श्रीमती जागिरे छिन्, उनको शनिबार नभै छुट्टी हुँदैन। मेरो शनिबार सधैं जिरेखुर्सानीको सुटिङ हुन्छ, तैपनि कुनै दिन कतै भेटिएला नि।

तपाईंलाई मन नपर्ने नेपाली नायक-नायिका को हो ?

नितेश रिमाल, सिमरा

यस्तो छैन। सबै नायक-नायिकाहरू मलाई मन पर्छन्। हामी एउटै विधामा भएका कलाकारहरूले त एकले अर्कालाई सम्मान गर्नुपर्छ नि ! राम्रो-नराम्रो छुट्याउने जिम्मा तपाईंहरू दर्शकको हो।

तपाईंले मुन्द्रा लगाएर मुन्द्रे भनेको हो कि त्यत्तिकै ?

२७२९

हो त, नलगाएको भए त कहाँ भन्थे होलान र ? तर अब त मुन्द्रेको छापै बसिसक्यो। एक-दुई वर्ष नलगाए पनि भन्छन् होला।

तपाईंकी श्रीमतीलाई पनि एकपटक जिरे खुर्सानीमा खेलाउनुपर्‍यो। कि हामीले हेर्नु हुँदैन र भाउजूलाई ? कि कसो ?

९४५०

खेलाउन नै नमिल्ने त हैन, तर उनी जागिरे परिन्। टाइम मिलाउन अलि गाह्रो छ। पछि त्यस्तै उनलाई मिल्ने रोल आएमा अवश्य खेलाउछु। तर हामी दुवै जनाले हाइटेक सर्फको विज्ञापनमा खेलेका छौं, हेर्नुहोला।

[vai:saptahik]

स - हमती


Tuesday, November 27, 2012

धुर्मुस र सुन्तलीको बेलायत यात्रा


 'आइएमई दसैं-तिहार शुभकामना' शीर्षकको यात्राको क्रममा दसैं अगाडि नै बेलायत पुगेका दम्पती हास्यकलाकार धुर्मुस सीताराम कट्टेल र  सुन्तली कुन्जना घिमिरे आफ्नो हास्यकला देखाएर मंगलबार नेपाल फर्केका छन्। यो यात्रामा उनीहरूका साथ गायिका जुना प्रसाईं पनि  थिइन्। झन्डै दुई महिने  यात्राको क्रममा यो टिमले बेलायतका १ दर्जन बढी स्थानमा आफ्नो प्रस्तुति दिएको थियो।  सीतारामका अनुसार  सबै कार्यक्रम सफल रूपमा सम्पन्न भएकाले बेलायत यात्रा सुखद बनेको बताए। विभिन्न स्थानमा आयोजित कार्यक्रममा सीतारामले केपी  ओलीको गेटअपमा क्यारिकेचर गर्नुका साथै खड्काजीको एकल प्रस्तुति दिएका थिए भने कुन्जनाका साथमा प्रहसन 'सच्चा नागरिक' प्रस्तुत  गरेका थिए। आइते र झुम्रीको प्रस्तुतिमा पनि उनीहरूले बेजोड अभिनय कला देखाएका थिए। मेरी बास्सैमा फतौरी बुढीका रूपमा अभिनय  गरिरहेकी कुन्जनाले त्यही गेटअपमा अभिनय गरेर हँसाएकी थिइन्।

यो जोडीले 'उध्रेको चोली गीत'मा हास्य व्यंगात्मक नृत्य पनि प्रस्तुत गरेको थियो भने तिहारै आयो लौ झिलिमिलीमा सुन्तलीले एकल नृत्य  पस्केकी थिइन्। जोडीसहितको टिमले देउसी-भैलो पनि खेलेको थियो। गायिका जुना प्रसाईंले पनि बेलायत यात्राका क्रममा आफ्ना लोकप्रिय  नम्बर गाएर सांगीतिक मनोरन्जन दिएकी थिइन्। भेराइटी गाइज, आसफोर्ड, केन्टले आयोजना गरेको उक्त यात्रा बेलायतमा जन्मेका नेपाली  सन्तानलाई नेपाली संस्कृतिसँग नजिक्याउन केन्द्रित थियो।

Facebook फन्डा

फेसबुकको नेपाली गजल एकाउन्टमा राखिएका झापडसँग सम्बन्धित गजलहरूः


फेसबुकको नेपाली गजल एकाउन्टमा राखिएका झापडसँग सम्बन्धित गजलहरूः

बेताल भएछ

राजनीतिमा कमाल भएछ।

चियापानमा बबाल भएछ।

एक झापड दिएको बेलामा

अनेक थरी सवाल भएछ

शुभकामना बाँडेर हिँडेका

एक नेताको बेहाल भएछ

कस्तो अनौठो साइत परेको

हिँड्ने चालमा बेताल भएछ

रत्नशमशेर थापा 'निर्दोषी'

झापड

राज्यको ढुकुटी फोडेर,

भए सबै टोली बचाऊँ

जो जीवनयापन,

मागी खाने झोली बचाऊँ

कालगतिमा नाइँ,

गोलीको सिकारमा मर्नु छ

हामीमा तेस्र्याउने,

उहाँहरूको गोली बचाऊँ

जो जस्तै भए पनि,

अस्मिता लुटाउन सकिन्न

आज गिद्धे नजरबाट,

हाम्रा चोली बचाऊँ

हाम्रा बादशाहरूको,

परम्परा यही नै हो

झूटको खेती गर्दै हिँड्ने,

तीतो बोली बचाऊँ

जतिले जति झापड दिए पनि, अन्ततः धेरै ज्वाइँ पाल्छौ,

ज्वाइँ राख्ने डोली बचाऊँ

मानन्धर अभागी

गालाको चड्कन

अब तिम्रो बोलीमा

भर पर्दैनन् जनता  !!

सक्छौ भने ठोक गोली

डर्दैनन् जनता  !!

नपत्याए हेर आफ्नै गालाको चड्कन

कर्मको फल दिन

पछि सर्दैनन् जनता  !!

गर्नु गर्‍यौ अत्याचार अति भो तड्पन

जति सहे अब सहन गर्दैनन् जनता  !!

टुक्रा-टुक्रा पार्‍यौ देश

संस्कृति भो शेष

तिम्रो शिरमा चढे

तल झर्दैनन् जनता  !!

बेला छँदै सोच नत्र अस्मिता मेटाई

गला रेट्दैछन्

राष्ट्रियता हेर्दैनन् जनता  !!

इतिहास छ साक्षी प्राण नभए यो देश

आफ्नो जीउ ज्यानै अर्पि

मर्दैनन् जनता  !!

अश्मि जीएम

प्रचण्डका गाला

गोराबाट सुरु भयो,

डराउँदै छन् काला पनि

हिजै मात्र बजि्रयो,

प्रचण्डका गाला पनि  !!

रामचन्द्र, झक्कु

अनि झलनाथ र प्रचण्ड

हुँदै-हुँदै फेरि यहाँ,

आउँछ तिम्रो पाला पनि  !!

केपी ओली, माधव र वैद्य

अनि सुशीलजी

भनिरा'छन् जनताले,

छैन ठीक चाला पनि

गच्छदार र उपेन्द्रको,

आजै सातो गयो कठै

ढोलक र तबलामा,

बज्ने भए छाला पनि  !!

झटारो र झापडले,

बरु अलि पुगेन कि ?

होस गर लगाउँछौ,

जुत्ताका ती माला पनि  !!

अर्जुन विवश गाउँले

उही गुरुका उही चेला

करेन्ट लगाई झड्काउने पनि उनकै चेला थिए

गोली-बारुद पड्काउने नि

उनकै चेला थिए

गुरुले जे सिकाए

चेलाले उही सिको गरे

उनकै गालामा चड्काउने नि

उनकै चेला थिए

टुंगिन लागेको

शान्तिवार्ता पनि अवरुद्ध भयो

शान्ति-प्रक्रिया भड्काउने पनि उनकै चेला थिए।

ज्योति खतिवडा अनिश्चित

हाँस्नेछन्

झलनाथले कुटाइ खाएः

कांग्रेस र माओवादी खुबै हाँसे !

सुशीलले कुटाई खाएः

एमाले र माओबादी खुबै हाँसे !

प्रचण्डले कुटाई खाएः

कांग्रेस र एमाले खुबै हाँसेका छन्।

नेताहरूको पारा यस्तै रहे....

अब सिंगो नेपाल र नेपालीलाई विदेशीले कुट्नेछन्,

त्यसबेला हामी सबै रुनेछौं, विदेशी मज्जाले हाँस्नेछन्।

सुपर जोक्स कमेडी

काँ राष्ट्रपतिको कदम हुनु यो ...

काँ राष्ट्रपतिको कदम हुनु यो ?!... अघि कुर्सी कतिको बलियो छ भनी जाँच्ने भनी आफै चढ्नु भा हैन ?
कान्तिपुर  ( मंसिर १२ , २०६९ )
साभार :-www.ekantipur.com

sarbasatta ko halat...

नागरिक ( मंसिर १२ , २०६९ )
साभार :-www.nagariknews.com

Saturday, August 11, 2012

नेताहरू के भन्छन् ? रेखाको मिनिस्कर्टबारे तीनजना नेताहरूसित मागिएको धारणा जस्ताको तस्तै


पुष्पकमल दाहाल
मने, नेपाली क्रान्तिको सन्दर्भमा यो बडो जटिल एवं अहं सवाल हो भन्ने मेरो बुझाइ छ । कमरेड रेखा थापाजीको मिनिस्कर्ट र नेपाली क्रान्तिको के सम्बन्ध छ र भन्ने प्रश्न त एउटा कित्ताबाट निश्चितरूपमा उठ्ने नै छ तर हाम्रो गौरवशाली पार्टीको ठम्याइ के छ भने नेपाली क्रान्ति र मिनिस्कर्ट एक–आपसमा घुलमिल भएर आएका छन् र यिनलाई छुट्याएर हेर्न मिल्दै मिल्दैन भन्ने नै हो । हामीले मिनिस्कर्टको रूप पक्षलाई मात्र हेरेर हुँदैन, सार पक्षमा पनि जानुपर्छ भन्ने हाम्लाई लाग्छ । रूप पक्षमा अलिकति तडकभडक देखिए पनि सारमा यसलाई नेपाली महिलामुक्तिको एउटा महान् केन्द्रबिन्दुका रूपमै लिनुपर्छ भन्नेमा दुई मत छँदै छैन । कामरेड थापाजीको जुन क्रान्तिकारी स्प्रिट छ, त्यो मिनिस्कर्टकै कारणले पनि हो भन्ने महान् नेपाली जनताले निश्चितरूपमा बुझेकै छन् ।
जस्तो मैले पनि विगतमा कमरेड रेखाजीसित कम्मर जुधाएर नाच्ने अवसर पाएकै हो र त्यसलाई मैले एउटा ‘ब्रेक थु्र’ का रूपमा लिएको छु । मने, त्यो घटनापछि म धेरै दिनसम्म मनमनै कुत्कुतिएको स्थिति पनि रहेको थियो । त्यतिबेला पनि उहाँले मिनिस्कर्ट नै लगाएर नाच्नुभएको भए अझै त्यसले महान् नेपाली क्रान्तिलाई स्पष्ट रूपमा उजागर गथ्र्यो भन्ने पनि मलाई लाग्छ ।
केपी ओली
काम पाइनस् बुहारी पाडाको कन्डो कन्या’ भन्या जस्तो प्रश्न भो यो त † को हुन् रेखा थापा ? सूर्यबहादुर थापाकी छोरी हुन् ? कि कमल थापाकी भाइबुहारी ? ए, साँच्ची अस्तिनै हुँदो सर्वहारावादी कामरेडसित ढिङ ठोक्काई–ठोकाई नाच्ने फ्याङ्ली हिरोनी हुन् क्यारे †
हुन त यस्ता खुद्रा–मसिना कुरामा बोलिहाल्ने बानी त होइन मेरो, तैपनि प्याच्च सोधिहाल्नुभो, उत्तर दिनैपर्‍यो । ती नानीलाई जब म हेर्छु आक्कलझुक्कल टेलिभिजनमा । बडो उदेक लाग्छ । रंग न ढंगसित झ्याम्टा हल्लाएर लैनो बाछोजसरी उपिँ्रmदैमा हिरोइन भइन्छ ? देखाउनुपर्ने कुरा देखाउन सक्नु छैन, छोप्नुपर्ने कुरा ह्वाङ्गै देखाको छ । हिरोनीले देखाउनुपर्ने कला हो, त्यो चैँ छैन, छोप्नुपर्ने साँप्राहरू देखाएर दुनियाँका छोरालाई बिगारेकी छन् । रेखा थापा हुन् कि देखा थापा हुन् ? अँ, त्यो केजाति मिनिस्कर्ट रे † मुस्किलले गुप्तांग छोप्ने ४ इन्चको टालोलाई मिनिस्कर्ट भन्न मिल्ने हो भने मैले सिगान पुछ्न खल्तीमा बोक्ने गरेको पकेट रुमाललाई पनि मिनिस्कर्ट घोषणा गरिदिन्छु, हुन्छ ?
उपेन्द्र यादव
मलाई पहाडे हिरोइनको कुरा के सोध्नुहुन्छ ? पहाडे हिरोइन पनि कोई हिरोइन छ ? पारिका हिरोइनको कुरा गर्नुस् न ? प्रियंका चोपडाको लट्का हेर्नुस्, दीपिका पादुकोणेको झट्का हेर्नुस् । वाह † मुख रसाइहाल्छ । मिनिस्कर्ट त उनीहरूलाई पो सुहाउँछ । पहाडे हिरोइनको पुठ्ठा मिनिस्कर्ट लगाउने खालको कहाँ छ ? रेखा थापाको बात के गर्नुहुन्छ, पारिको रेखालाई हेर्नुस्, ६० साल पुग्दा पनि आग लगाउने जिस्म छ । नेपाली हिरोइनमा त के दम छ ? हेर्नुस्, नेपाली फिल्म इन्डस्ट्रीमा तपूरा बाहुनवाद हाबी छ । सबै पहाडेहरूको हालिमुहाली छ । एकजना पनि मधेसी हिरोइन देख्नुभएको छ ? मधेसी जनतामाथि शासकले कति ठूलो विभेद गरेको छ हेर्नुस् त ? के मधेसका लड्कीलाई मिनिस्कर्ट लगाउन आउँदैन ? नेपाली फिल्म इन्डस्ट्रीमा पनि अब समावेशी प्रणाली लागू गर्नुपर्छ । मधेसीलाई ४० प्रतिशत आरक्षण छुट्याउनै पर्छ । अब बन्ने संविधानमा यस्तो आरक्षण व्यवस्था भएन भने हामी दोस्रो मधेस आन्दोलन गरिहाल्छौँ । मधेसमा पहाडेले बनाएका एउटा फिल्म पनि चल्न दिदैनौँ । एक मधेस एक प्रदेश हुनुपर्छ । नत्र मधेसमा आगो लाग्छ ।
साभार:-  सौर्य दैनिक